जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • तेस्रो त्रैमासमा गोर्खाज फाइनान्सको नाफा २७ करोड ३७ लाख

तेस्रो त्रैमासमा गोर्खाज फाइनान्सको नाफा २७ करोड ३७ लाख

गोर्खाज फाइनान्स कम्पनीले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशत घटेको छ । 

कम्पनीले गत आवमा रू.२७ करोड ३७ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ९ करोड ४९ लाखमा सिमित भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२ प्रतिशत र सञ्चालन नाफा ६५ प्रतिशत घटेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ८६ करोड ७९ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.८० करोड ६१ लाख सञ्चित गरेको हो भने रिटेण्ड अर्निङ रू. ८ करोड १८ लाख ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीले सो अवधिमा शेयर प्रिमियममा रू.२ करोड २३ लाख सञ्चित गरेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । 

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ०५ रहेकोमा चालू आवमा रू. १४ दशमलव ५८ म ाझरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ९० रहेको छ । 

3425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका