जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु बैंकलाई ५ देशमा सम्पर्क कार्यालय खोल्न राष्ट्रबैंकले दियो सैद्धान्तिक सहमती

प्रभु बैंकलाई ५ देशमा सम्पर्क कार्यालय खोल्न राष्ट्रबैंकले दियो सैद्धान्तिक सहमती

प्रभु बैंकले विभिन्न ५ वटा देशमा सम्पर्क प्रतिनिधि कार्यालय खोल्ने भएको छ । बैंकलाई अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती दिएको हो ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क÷प्रतिनिधि कार्यालयहरुबाट बैंकले आप्mनो सेवा प्रारम्भ गर्ने भएको छ ।

हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जालका माध्यमबाट १२ लाख भन्दा बढि सन्तुष्ट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैंक लिमिटेडले अब विदेशमा पनि आप्mनो सेवा विस्तार गर्न गैरहेको छ ।

प्रभु बैंकका विदेशस्थित ५ वटा सम्पर्क÷प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुने र यसबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने तथा सम्बन्धित देशमा रहेका ग्राहकहरुलाई सहज एवं सरल रुपमा प्रभु बैंकको बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

13030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?