जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दाङमा आधुनिक बसपार्क निर्माण हुँदै

दाङमा आधुनिक बसपार्क निर्माण हुँदै

दाङको तुलसीपुर उपमहानगरपालिकामा ९ करोड १० लाख रुपैयाँ लगानीमा आधुनिक बसपार्क निर्माणाधीन छ । गत वर्षदेखि शुरू भएकोे कामअन्तर्गत पहिलो चरणको निर्माण सकिएको तुलसीपुरका मेयर घनश्याम पाण्डेयले जानकारी दिए ।

पहिलो चरणको टर्मिनल बिल्डिङ, शपिङ स्टल, सार्वजनिक शौचालय, सडक कालोपत्र र सडक बत्ती निर्माणलगायतको काम पूरा भएको छ । बसपार्कभित्रै सुविधासम्पन्न पेट्रोलपम्प निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ ।
टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही समयभित्रै पेट्रोल पम्प निर्माण भइसक्नेछ । बसपार्क क्षेत्रमा सुत्केरी महिलाका लागि स्तनपान कक्षको समेत व्यवस्था गरिएको छ ।

महिला, बालबालिका तथा अपांगतामैत्री बसपार्क बन्ने उपमहानगरका प्रेस सल्लाहकार बसन्त विवश आचार्यले बताए । ‘बसपार्कमा सीसी क्यामरा जडान तथा अन्य सुरक्षाका प्रबन्ध गरिनेछ,’ उनले भने, ‘कम्पनी तथा समितिहरूले पनि अनलाइन प्रणालीबाट टिकट काट्ने व्यवस्था गर्नेछन् ।’ अहिले प्राविधिक तयारी नपुगेकाले कम्पनीहरूले परम्परागत रूपमै टिकट काट्ने गरिरहेका छन् । बसपार्क निर्माणका लागि शिवशक्ति कन्स्ट्रक्सनले २०७४ चैत २५ गते सम्झौता गरी निर्माण थालेको थियो ।

उपमहानगरका इन्जिनीयर पवन योगीले आधुनिक बसपार्क निर्माणका लागि नगर विकास कोषबाट भ्याटबाहेक ९ करोड ९ लाख ९० हजार रुपैयाँ ऋण लिइएको जानकारी दिए । सो ऋण उपमहानगरले २० वर्षसम्म तिरिसक्नुपर्ने गरी सम्झौता भएको हो ।

मेयर पाण्डेयले उपमहानगरको समग्र विकासमा विदेशी लगानी ल्याउन जोड गरिने बताए । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारको बजेटले मात्र हामीले विकासमा फड्को मार्न सक्दैनौं,’ उनले भने, ‘विकासका लागि विदेशी दातृनिकायलाई भित्र्याउन हामीले पहल गरिरहेका छौं ।’
विकासमा निजीक्षेत्रको लगानी भित्र्याउन स्वदेशी लगानीकर्ताहरूसँग समेत छलफल भइरहेको उनले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

8015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका