जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधमफिर्ता

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधमफिर्ता

सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति९भीआईपी०ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमामन्त्रिपरिषद्ले केहीसमयअघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धीकार्यविधि २०७७पारित गरेको थियो ।

नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्वउपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले दुई जनासुरक्षाकर्मी राख्न पाउनेछन्भने पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी महानीरीक्षकले पनिदुई जना सुरक्षाकर्मी राख्न पाउनेछन् ।

गृह प्रवक्ताचक्रबहादुर बुढाले नयाँ कार्यविधि कार्यान्वयनगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी दिए । ‘पूर्वविशिष्ट व्यक्तिलाई कति सुरक्षाकर्मी आवश्यक छ र कति दिनुपर्ने भन्ने यकिन भइसकेको छ, यकिनभएको भन्दा बढी भएफिर्ता हुन्छ । त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन भइसकेको छ,’ गृह प्रवक्ता बुढाले भने ।

नयाँ कार्यविधि पारित भएपछि नेपाल प्रहरी तर्फबाट पूर्वभीआईपीकोमा खटिँदै आएका ७७ जनाप्रहरी फिर्ता भइसकेका छन् । यसैगरी, सशस्त्रप्रहरी बलतर्फबाट ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार अझै दुवै प्रहरी संगठनबाट खटिएका ४ सय भन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने तयारी भइरहेको छ । तर, पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीतथा सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेका केही पूर्वमन्त्रीले प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरीका महानिरीक्षकसहित गृहमन्त्रालयका उच्च तहका कर्मचारीलार्इ सुरक्षाकर्मी यथावत् राख्ने गरी व्यवस्था मिलाइ दिनभन्दै दबाबदिँदै आइरहेका छन् । केहीले भने पत्र नै पठाएका छन्

हालपूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’को सुरक्षामा ६० जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा ३० जना बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामासमेत ठूलो संख्यामा कार्यविधिविपरीत सुरक्षाकर्मी राखिएको छ ।

5180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?