जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सन्राइज बैंकमा जनक शर्माको कार्यभार शुरु

सन्राइज बैंकमा जनक शर्माको कार्यभार शुरु

श्रावण ९, २०१९, श्री जनक शर्मा पौड्यालले औपचारिक रmपमा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार प्रारम्भ गर्नुभएको छ । सन्राइज बैंक लिमिटेडको संचालक समितिको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याललाई नियुक्त गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गर्नु भई करिब ११ वर्षको कार्यानुभव लिनु भएको थियो । त्यसै गरी एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गर्नु भएको थियो ।

तत्पश्चात उहाँ अध्ययनको लागि बेलायत जानु भएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गर्नु भएको थियो । बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरित रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँसंग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष हुनु भएको अनुभव समेत रहेको छ । उहाँले बैंकिङ्ग क्षेत्रमा ३२ बर्ष भन्दा बढि कार्य गरिसक्नु भएको छ ।

11855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?