जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले कोरोना भाइरसको महामारीको जोखिम न्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्र्द आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी लाई हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।

10725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका