जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक

तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक

नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन ।

लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहदै आएकी छिन ।

डा कृष्णहरी बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रुपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र  धन कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ ।

8385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका