जोडिनुहोस
शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले पाँच महिनामै करिब १२ करोड मुनाफा

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पाँच महिनामै करिब १२ करोड मुनाफा

कान्छो बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गतेदेखि कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले पहिलो वर्षमा नै लोभलाग्दो प्रगति हासिल गर्न सफल भएको छ ।

महालक्ष्मी लाईफले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै सुरुवाती कारोबार उत्साहप्रद रहेको देखिएको हो । गतवर्ष मात्रै कूल एक अर्ब ४० करोड रुपैयाँ लगानी गरी सुरु गरिएको महालक्ष्मी लाईफले सुरुवातमै अब्बल बीमा कम्पनीको झै वित्तिय विवरण सार्वजनिक गर्न सफल भएको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पाँच महिना कारोबार गरेर ११ करोड १३ लाख ३३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै जीवन बीमा कोषमा १४ करोड ९७ लाख नौ हजार २७६ रुपैयाँ जम्मा गरेको छ भने जगेडा कोषमा ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । दुई कोषमा महालक्ष्मी लाईफले झण्डै २७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । जीवन बीमा कम्पनीलाई कोषमा दाखिला गरेको रकमलाई महत्वपूर्ण मानिन्छ ।

8655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका