जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुद्वारा करिब बीस अर्ब बीमा शुल्क आर्जन, पहिलो नेपाल लाईफ, दोस्रो राष्ट्रिय बीमा संस्थान, तेस्रो हिमालयन लाईफ इन्स्योरेन्स !

जीवन बीमा कम्पनीहरुद्वारा करिब बीस अर्ब बीमा शुल्क आर्जन, पहिलो नेपाल लाईफ, दोस्रो राष्ट्रिय बीमा संस्थान, तेस्रो हिमालयन लाईफ इन्स्योरेन्स !

नेपालमा संचालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा ८ लाख ३२ हजार ७५९ वटा बीमा लेखा विक्री गरि करिब २० अर्ब बीमा शुल्क आर्जन गरेको छ भन्दा अब चाहि फरक पर्दैन । सबै भन्दा बढि सधै चर्चा र चासोकारुपमा हेरिएको नेपाल लाईफ इन्स्योरन्स कम्पनीले ५ अर्ब भन्दा बढि कमाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले बीमा लेखा विक्री गरि ३ अर्ब भन्दा बढि कमाएको देखिन्छ । तेस्रोमा तीनवटा जीवन बीमा कम्पनीको मर्जरबाट ठूलो कम्पनी बनेको र आक्रमकरुपमा व्यापार शुरु गर्दै आएको हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९३ करोडको बीमा लेखा विक्री गरेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । आर्थिक वर्ष २०८० ÷८१ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले साढे १९ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ वटा बीमा पोलिसी विक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

सबै भन्दा बढि सधै चर्चा र चासोकारुपमा हेरिएको नेपाल लाईफ इन्स्योरन्स कम्पनीले ५ अर्ब भन्दा बढि कमाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले बीमा लेखा विक्री गरि ३ अर्ब भन्दा बढि कमाएको देखिन्छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भेटिएको छन् ।
एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ । सचेत भया ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका