जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • टेकूमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम, नयाँ मोडल लञ्चको तयारी

टेकूमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम, नयाँ मोडल लञ्चको तयारी

भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोवर्क प्रालिले टेकूमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

भदौ १८ गतेका दिन एक समारोहका बीच टेकूमा स्थापित सोरुमको डेल्टा अटोकर्प प्रालिका अध्यक्ष पुल्कित भीमसरिया, निर्देशकद्वय विवेक सिकारिया, केतन भिमसरिया र कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा कम्पनीको निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो कम्पनीले भेस्प र अप्रिलियाको सोरुम विभिन्न स्थानमा सञ्चालनमा ल्याउन थालेको बताए ।

उनका अनुसार कम्पनीले नयाँ मोडल पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

आगामी भदौ २६ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा अप्रिलिया एसआर १६० बिएस ६ स्कूटर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले जनाए ।

डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै आफ्नो व्यवस्थापन समूह तयार गरेको समेत सो क्रममा उनले बताए ।

‘योङ, इनरजेटिक र टू ह्वीलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ ।’-उनले थपे ।

मार्केटिङ विभागका अनिष खड्काका अनुसार भदौ १६ गते शनिवारका दिन कम्पनीले अप्रिलिया राइडको समेत आयोजना गरेको थियो । आगामी दिनमै यस्तै राइड शो तथा सर्भिस क्याम्पहरु समेत सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

डेल्टा अटोकर्पले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न प्रमुख व्यापारिक केन्द्रहरुमा ५० भन्दा बढी स्थानबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका