जोडिनुहोस
आइतवार, असार १९, २०७९
आइतवार, असार १९, २०७९
  • होमपेज
  • २८ वटै वाणिज्य बैंकहरुको बेस रेट घट्यो

आर्थिक विशेष

२८ वटै वाणिज्य बैंकहरुको बेस रेट घट्यो

सेञ्चुरीको बेस रेस ११.२९

२८ वटै वाणिज्य बैंकहरुको बेस रेट घट्यो

नेपालको २८ वटै वाणिज्य बैंकहरुले वित्तिय विवरण सार्वजनिक गरेसंगै बजारमा लगानी योग्य रकमको अभावको चर्चा पनि चुलिदै गएको छ । बैंकको नाफा अबैंमा कमाएर चमत्कार गरेका बैंकहरुले फेरी कर्जाको ब्याजदरको बेसरेट घटाएर चर्को चमत्कार देखाएका छन् ।

बैंकहरुले नाफा कमाउनु र कर्जाको बेसरेट घटाउनु दुबै राम्रो पक्ष हो । यसले बैंकमा ग्राहकहरुलाई फाइदा पनि हुन्छ । तर बेसरेट घटाउने कर्जाको ब्याजदर चाँहि नघटाउने हो भने वाणिज्य बैंकहरुले बेस रेट घटाउनेको कुनै अर्थ रहदैन । राष्ट्र बैंकले यसतर्फ पनि ध्यान दिन जरुरी छ । बैंकहरुले कर्जाको बेसरेट घट्दा कर्जाको ब्याजदर पनि घटाउदा ग्राहकहरुको बैंक प्रतिको विश्वास पनि बढ्ने देखिन्छ ।

कतिपय बैंकले ग्राहक हेरेर बेस रेटमा शून्य प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप्न सक्छन् । तर, सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ ।

गत आर्थिक वर्ष ०७५र७६ मा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशतमा झरेको छ । यो अघिल्लो आव ०७४र७५ को तुलनामा करिब १ प्रतिशतले न्यून हो । अघिल्लो आवमा औसत बेस रेट १०.४२ प्रतिशत रहेको थियो ।

मुनाफा आर्जनमा पहिलो नम्बरमा देखिएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम बेस रेट कायम गरेको छ । यस बैंकको अघिल्लो आर्थिक वर्षमा ६.२० प्रतिशत बेस रेट रहेको थियो । यसलाई घटाएर बैंकले ५.५० प्रतिशतमा झारेको छ ।

कम बेस रेटको सूचीमा सरकारी लगानीकै अर्को बैंक देखिएको छ । मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक दोस्रो स्थानमा छ । तर यसको बेस रेट स्थिर छ । अघिल्लो आवमा ७.०३ प्रतिशत थियो भने गत आवमा पनि यत्ति नै छ ।

सरकारको धेरै लगानी रहेको कृषि विकास बैंक भने बेस रेटमा लोभी देखिएको छ । निजी क्षेत्रका कुमारी बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकबाहेक सबैको बेस रेट कृषि विकास बैंकको भन्दा कम रहेको छ ।

निजी क्षेत्रको लगानी रहेका बैंकहरु मध्येमा स्टाण्डर्ड चार्टड बैंकको सबैभन्दा कम बेस रेट छ । विदेशी लगानी रहेको यस बैंकको ७.६३ प्रतिशत बेस रेट रहेको छ जबकि, अघिल्लो आर्थिक वर्ष बेस रेट ७.८७ प्रतिशत थियो ।

समग्रमा चौथो र निजी क्षेत्रमा दोस्रो स्थानमा देखिएको नविलको बेस रेट भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७.७८ प्रतिशत रहेको नविलको बेस रेट गत आर्थिक वर्षमा ८.०९ प्रतिशत पुगेको हो ।

नविलपछि एभरेष्ट बैंक देखिएको छ । एभरेष्ट बैंकले बेस रेट घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ । अघिल्लो आर्थिक वर्षमा एभरेष्टको ८.४५ प्रतिशत बेस रेट थियो ।
बेस रेट उच्च हुनेमा सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक देखिएका छन् । यी दुवै बैंकको बेस रेट ११ प्रतिशतभन्दा माथि छ । बेस रेट उच्च भए पनि दुवै बैंकहरूले घटाउने प्रयास भने गरेको देखिन्छ ।

दुवै बैंकले आर्थिक वर्ष ०७४र७५ को तुलनामा आर्थिक वर्ष ०७५र७६ मा बेस रेट घटाएका छन् । अघिल्लो आर्थिक वर्षमा सेञ्चुरीको बेस रेट १२.०८ प्रतिशत थियो । यसलाई घटाएर सेञ्चुरीले ११.२९ प्रतिशतमा झारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका