जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मर्जरको प्रस्तावसहित रिलायन्स लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

मर्जरको प्रस्तावसहित रिलायन्स लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरको प्रस्तावसहित साधारणसभा डाकेको छ। साधारणसभा आगामी असार २० गते हुने निश्चित भएको छ ।

साधारणसभामा कम्पनीको पुँजी बढाउनुपर्ने आवश्यकतालाई हेर्दै कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने सम्बन्धी निर्णय गर्ने विशेष प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ।

साधारणसभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत छ।

साथै ,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्न संचालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव छ।

साधारणसभा प्रयोजनको लागि रिलायन्स इस्योरेन्सले असार १० गते एक दिन बुक क्लोज गर्ने भएको छ। कम्पनीका अनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र विशेष साधारणसभामा भाग लिन पाउने छन्।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका