जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भीजी इम्पेक्स र एभरेस्ट बैंकबीच फाइनान्सिङ सम्झौता, जीडब्ल्यूएमको इलेक्ट्रिक गाडी ओरा ०३मा मात्र १०.८०% ब्याजदर

भीजी इम्पेक्स र एभरेस्ट बैंकबीच फाइनान्सिङ सम्झौता, जीडब्ल्यूएमको इलेक्ट्रिक गाडी ओरा ०३मा मात्र १०.८०% ब्याजदर

भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्ल्यूएम सवारीसाधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेस्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३लगायतका विभिन्न प्रकारका सवारीसाधनको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ।

सम्झौतामा आज भीजी इम्पेक्स–जीडब्ल्यूएम नेपालका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेस्ट बैंकका उपमहाप्रबन्धक गौरव कुमारले जीडब्ल्यूएमका सवारीसाधनलाई ग्राहकका लागि फाइनान्सिङ सुविधा पहुँचयोग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन्।
जीडब्ल्यूएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको हो। यसले ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, डाउन पेमेनट र कर्जा अवधिसहित विभिन्न प्याकेज उपलब्ध गराउने लक्ष्य राखेको छ। जुन ग्राहकले आफ्नो आवश्यकताहरुका आधारमा छनौट गर्न सक्छन्।

एभरेस्ट बैंकले अधिकतम ७ वर्षको अवधिका लागि उत्कृष्ट आरओई (ब्याजदर)सहितको अधिकतम ८०% ऋण उपलब्ध गराउनेछ। ३ वर्षसम्मको कर्जा अवधिका लागि न्युनतम प्रभावकारी आरओआई (ब्याजदर) १०.८०%* रहनेछ।

जीडब्ल्यूएमका इलेक्ट्रिक गाडीका लागि आरओआई (ब्याजदर) मात्र बेसरेट*+ २.००% (११.३०% को प्रभावकारी ब्याजदर) रहनेछ।

जीडब्ल्यूएमका आईसी मोडेलको गाडीका लागि आरओआई (ब्याजदर) मात्र बेसरेट*+ २.५०% (११.८० % को प्रभावकारी ब्याजदर) रहनेछ।

जीडब्ल्यूएमका इलेक्ट्रिक गाडीकोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५०% सम्मको लगानीमा आरओआई (ब्याजदर) मा थप ०.५०% छुट उपलब्ध गराइएको छ। सबै गाडीहरुका लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५०% निर्धारित गरिएको छ।

ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातसहित नजिकैको एभरेस्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका