जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जनता बैंकद्वारा पानी वितरण ।

जनता बैंकद्वारा पानी वितरण ।

जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । उक्त दिन दुबै धाममा हजारौ भक्तजनहरु वर्तबसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको थियो ।

सोही अवसरमा बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्ण धामले हरेक बर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।

4750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका