जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सबै एटिएक बुथमा सुरक्षागार्ड अनिवार्य

सबै एटिएक बुथमा सुरक्षागार्ड अनिवार्य

बैङ्क तथा वित्तीय संस्थाहरूको प्रणाली नै ह्याक गरी ठूला एटीएमहरूबाट ठूलो परिमाणमा रकम निकालिने क्रम बढेपछि केन्द्रीय बैङ्कले नयाँ व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैङ्कले बिहीबार त्यससम्बन्धी निर्देशन जारी गरेको हो। राष्ट्र बैङ्कले एटीएम बुथमा कुनै व्यक्ति वा समूहबाट शङ्कास्पद गतिविधि भएको शङ्का लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

देशभर बैंक तथा वित्तीय संस्थाहरुका ३३१६ वटा एटीएम बुथ छन् । जसमा वाणिज्य बैंकहरुको २९५१, विकास बैंकको ३१८ र वित्त कम्पनीहरुको ४७ वटा एटीएम बुथ सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये १७/१८ सय एटीएम बुथ आफ्नै शाखा कार्यालयमा र १००० एटीएम बुथ लाउञ्चमा रहेको बैंकर्स संघका अधिकारीहरु बताउँछन् । र, बाँकी ६/७ सय एटीएम बुथ विभिन्न ठाउँमा सञ्चालनमा छन् ।

‘आफ्नै शाखामा रहेका र लाउञ्जमा रहेका एटीएम बुथमा अहिले पनि सुरक्षा गार्डले हेरिरहेका हुन्छन्, बाँकी ६/७ सयको हाराहारीमा रहेका एटीएम बुथमा भने राष्ट्र बैंकको निर्देशन अनुसार सुरक्षा गार्ड राख्नुपर्ने भएको छ,’ एक बैंकरले भने ।

नेपाल राष्ट्र बैंकको एउटा सर्कुलरले बैंक तथा वित्तीय संस्थाहरुको २० करोड रुपैयाँ खर्च बढाइदिएको छ । राष्ट्र बैंकले यही असोज ९ गते प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न दिएको निर्देशनले बैंकहरुको सो खर्च बढाएको हो ।

‘राष्ट्र बैंकले बिहीबार जारी गरेको एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक २०/२२ करोड रुपैयाँ खर्च बढ्ने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार एटीएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ । एटिएम बुथहरुमा शंकास्पद गतिविधि भएमा यथासक्य तोकेको पदाधिकारीलाई खबर गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थामा साइबर आक्रमण तथा अनाधकृत पहुँच भएमा यसको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई गराउनुपर्ने छ ।
तर, बैंकरहरुको भने राष्ट्र बैंकको निर्देशिका बमोजिम केन्द्रीय कार्यालय र मुख्य शाखा बाहेकका अन्य सबै एटिएम बुथहरुमा लागु गर्न नसकिने बताएका छन् ।

तर, राष्ट्र बैंकका अधिकारीहरुले भने चाडबाडको समयमा एटीएममा धेरै पैसा हुने र सुरक्षा जोखिम पनि बढी हुने भएकाले दशैंतिहार र छठ जस्ता चाडबाडका बेला बढी सुरक्षाको आवश्यकता महशुस गरेर यस्तो निर्देशन दिइएको हो ।

‘लुटेराहरुले चाडबाडको मौका नछोपुन् भनेर हामीले गार्ड राख्नुपर्ने व्यवस्था गरेका हौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘बैंक लुटिएका समाचारले सर्वसाधारणमा बैंकिङ प्रणालीप्रति नै विश्वास गुम्ने खतरा बढेपछि सुरक्षा बढाउन निर्देशन दिनू परेको हो ।
निर्देशिका जस्ताको तस्तै

9560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?