जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रभु बैंकको कालाबञ्जरमा शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको कालाबञ्जरमा शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आप्mनो १९५ औं शाखा कार्यालयको रुपमा कालाबञ्जर शाखा कार्यालय नयाँ सञ्चालनमा ल्याएको छ ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गर्नु भएको हो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख निलम खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकको सफलता को कामना गर्दै आप्mनो मन्तव्य राख्नुभयो ।

बैंकको कालाबञ्जर शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ ९ब्त्ः० मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

10625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?