जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफका अभिकर्ताद्वारा खेलाडीलाई बीमा पोलिसी उपहार

सानिमा रिलायन्स लाइफका अभिकर्ताद्वारा खेलाडीलाई बीमा पोलिसी उपहार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर बोधदीप तिमल्सिनाले मायाको चिनो स्वरुप एक जना खेलाडीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो घरपरिवार, साथीभाई तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । यसैबीच बाराको निजगढ नगरपालिका- ६ स्थायी घर भएका उक्त कम्पनीका एजेन्सी म्यानजेरसमेत रहेका तिमिल्सिनाले सोही क्षेत्रकै बासिन्दा कृष्ण प्रसाद चौलागाईलाई सावधिक जीवन बीमा उपहार दिएका हुन् ।

नमोबुद्ध आधुनिक युवाक्लबद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको अवसर पारेर उनले आयोजक टिमकै खेलाडी चौलागाईलाई २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका हुन् ।खेलप्रति लगाव भएका चौलागाईलाई खेल क्षेत्रमा अझ सहजता होस् भन्ने हेतुले बीमा पोलिसी उपहार दिएको उनले बताए ।

‘पारिवारिक अवस्था न्यून भएको र खेलमा समेत अभिरुचि राख्ने भएको हुँदा खेल क्षेत्रलाई निरन्तरता दिइयोस् भन्ने उद्देश्यले आफूले बीमा पोलिसी उपहार दिएको उनले बताए ।

उनले भने, ‘निजगढमा भएको नकआउन फुटबल प्रतियोगिताको अवसर पारेर एकजना कुशल खेलाडीलाई बीमा उपहार दिने सोच यसअघि नै थियो ।’

उनले ती खेलाडीको बीमा गराई पहिलो प्रिमियमसमेत तिरिदिएका छन् । खेल क्षेत्रमा प्रोत्साहन मिलोस् भनेर मायाको चिनोस्वरुप बीमा पोलिसी उपहार पाउँदा आफूलाई खुसी लागेको चौलागाईले बताए ।

मंसिर ९ गते भएको फाइलन खेलमा ट्रयाक्टर संघलाई पछि पार्दै निजगढ वडा नं. ५ स्थित उक्त क्लबले जित हासिल गरेको थियो । सांसद अच्युत मैनाली प्रमुख अतिथि थिए ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका