जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ मन्त्री शर्मा र गभर्नर अधिकारी अमेरिका उडे

अर्थ मन्त्री शर्मा र गभर्नर अधिकारी अमेरिका उडे

अर्थमन्त्री जनार्दन शर्मा अमेरिका गएपछि मन्त्रालयको जिम्मेवारी उर्जा मन्त्री पम्पा भुषालले पाएकी छिन्। प्रधानमन्त्री शेरबहादूर देउवाले मन्त्री भूषाललाई जिम्मेवारी दिएका हन्।

मंगलबार अर्थमन्त्री सहित राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरी पुष्कर, सहसचिव इश्वरीप्रसाद अर्याल लगायत भ्रमणमा गएका छन्।

गभर्नर अधिकारी असोज २२ गते अमेरिका उडेका हुन् भने अर्थमन्त्री शर्मा मंगलबा बिहान अमेरिका उडेका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्मेलनमा भाग लिनका लागि मन्त्री सहितको टोली अमेरिका गएको हो। अर्थमन्त्री नफर्किन्जेल मन्त्रालयको जिम्मा उर्जामन्त्री भुषालले सम्हाल्ने छन् ।

3800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका