एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई१ अर्ब चुक्ता पूँजी पु¥याउन निर्देशन दिएको थियो । यस व्यवस्था बमोजिम कम्पनीले हकप्रदशेयर जारी गरी सो पूँजी कायम गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पँुजी ६४ करोड ४ लाख रहेको छ । कम्पनीको हकप्रद वितरणपछि पँुजी १ अर्ब २ करोड ४६ लाख ४९ हजार पुग्नेछ ।