जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नाफा १ अर्बभन्दा बढी

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्बभन्दा बढी

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब १५ करोड ९ लाभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ दशमलव ७० प्रतिशतले नाफा बृद्धि भएको हो । यो नाफा अघिल्लो वर्ष रू. ७० करोड ७४ लाखभन्दा बढी थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ८६ करोड ५ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यो रकम रू. ४७ करोड ३३ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा ८१ दशमलव ७९ प्रतिशत बढी भएको हो । ११ दशमलव २५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ४ अर्ब ८१ करोड १५ लाख ५० हजार पु¥याएको बैंकको जगेडा कोष रकम ३३ दशमलव ६८ प्रतिशत बढेर रू. १ अर्ब ९९ करोड ६४ लाखभन्दा बढी कायम भएको छ ।

बैंकको निक्षेप संकलन ५१ दशमलव ६३ प्रतिशत बढी रू. ८६ अर्ब ९० करोड ३३ लाखभन्दा बढी र कर्जा प्रवाह ५२ दशमलव ९५ प्रतिशत बढी रू. ७२ अर्ब ८९ करोड ९५ लाखभन्दा बढी भएको छ । अघिल्लो वर्ष शून्य दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव २५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ४९ रहेको छ । यो अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २७ दशमलव ४७ गुणा छ ।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?