जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • प्रभु बैंकको बागलुङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रभु बैंकको बागलुङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयूक्त रुपमा उद्घाट्न गर्नुभएको हो ।

बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै मालपोत कार्यालयको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका