जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • उर्मिला श्रेष्ठ राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित

उर्मिला श्रेष्ठ राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत एवं सफल उद्यमी उर्मिला श्रेष्ठ ‘राष्ट्र सेवा सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट उहाँ सम्मानित हुनुभएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा समाजसेवी डा.सुशीला मल्लले संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गर्नुभएको थियो ।

महिलाहरुको हकहितका लागि सदैव लागिरहने, महिलाहरुलाई उद्यमी बन्न हौसला प्रदान गरिरहने श्रेष्ठले देशकै नमूना सार्वजनिक–निजी साझेदारीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सफल नेतृत्व गर्दै आउनुभएको छ ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका