जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बीमा समितिलाई चुनौती दिँदै सगरमाथा इन्स्योरेन्स कम्पनीले कानुन विपरित बीमा लेख जारी गरेको खुलासाः बीमा समिति बेखबर ! (प्रमाण सहित)

बीमा समितिलाई चुनौती दिँदै सगरमाथा इन्स्योरेन्स कम्पनीले कानुन विपरित बीमा लेख जारी गरेको खुलासाः बीमा समिति बेखबर ! (प्रमाण सहित)

नेपालको पुरानो निजीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले कानुन बिपरित बीमा लेख जारी गरेको फेला परेको छ ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले स्थलगत निरिक्षण गरेको पछिल्लो प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको भेटिएको हो ।

बीमा समितिले गरेको स्थलगत निरिक्षण प्रतिवेदन भित्र भनिएको छ । चंखु क्षेत्री सीइओ रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले सुन्दा पनि अचम्म लाग्ने बीमा लेख जारी गर्दै बीमा समितिलाई चुनौती दिँदै आएका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले उधारोमा बीमा लेख मात्रै जारी गरेको छैन । पशुपक्षी बीमा, माछापालन बीमा कानुन बिपरित गरेको प्रतिवेदनमै उल्लेख देखिन्छ ।

नेपाल बीमक संघका महासचिव समेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले बीमा समितिले स्थलगत निरीक्षण गरि दिएका दर्जनौ निर्देशन अझै पालना भएको देखिदैन कारण के हो बीमा समितिका अध्यक्षज्यू ?

पटक/पटक नियमनकारी निकाय बीमा समितिले दिएको दर्जनौ निर्देशन सीइओ चंखु क्षेत्रीले रद्दीको टोकरीमा फोलेको बीमा समिति उच्च स्रोतको दाबी छ ।

बीमा समिति उच्च स्रोतले पंक्तिकारसंग भन्यो सगरमाथा इन्स्योरेन्सका सीइओ चंखु क्षेत्रीले आफू सच्चिने प्रतिबद्धता आफै आएर बीमा समितिमा बुझाएका थिए । बीमा समिति र सगरमाथा इन्स्योरेन्सका प्रतिनिधी र सीइओ सहित छलफल पनि भए तर, सीइओले टेरेनन् स्रोतको दाबी छ ।

सगरमाथा इन्स्योरेन्सले पटक/पटक गल्ती गरेकै कारण हामीलाई पनि लागेको छ बीमा समिति उच्च स्रोतले भन्यो । अहिले सगरमाथा इन्स्योरेन्स माथी कारवाही नभएको भन्दै बीमा समितिका अध्यक्षलाई अख्तियारमा उजुरी हाल्ने काम बीमा समितिकै पूर्व कर्मचारीबाट भएको भेटिएको छ । यो गलत काम हो भन्नै पर्दछ ।

हेरौ त सगरमाथा इन्स्योरेन्सबाट कहाँ के के कानुन विपरित काम भए । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमालेख जारी गर्दा समेत कानून विपरित गरेको देखिएको छ । बीमा गर्दा प्रस्ताव फारम पूर्णरुपले भराइ प्राप्त प्रस्तावित विवरणको आधारमा बीमा गर्न प्रस्तावित विषय बस्तुको भैतिक अवलोकन तथा परीक्षण गरी बीमालेख जारी गर्नुपर्नेमा त्यसो नगरी हचुवाको भरमा बीमा लेख बनाएको देखिन्छ । यो पहिलो गल्ती भन्न सकिन्छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क प्राप्त गर्नुभन्दा पहिले नै बीमालेख जारी गरी उधारो बीमा गरेर कानुनी राज्यको धज्जी उडाएको मात्रै छैन । बीमा समितिलाई चुनौती दिने काम गरेको देखिन्छ । बीमा ऐन २०४९ को दफा २७ अनुसार कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गरी बीमा शुल्क प्राप्त गरेपछि मात्रै बीमालेख जारी गर्नुपर्ने देखिन्छ । तर, यसमा सगरमाथा इन्स्योरेन्स चुकेको फेला परेको छ । यो बीमा बजारमा राम्रो संकेत पक्कै होइन ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमकले बीमालेख नविकरण गर्दा बीमा गरिएको ह्रासयोग्य सम्पत्तिमा ह्रासकट्टी नगरी नविकरण गरेको उजुरी पत्रमा उल्लेख छ ।

सगरमाथा इन्स्योरेन्सले सर्भेयरहरुले समयमा प्रतिवेदन पेश नगरेको खुलेको छ । बीमा नियमावली २०४९ को नियम ३२ (३) मा सर्भेयर नियुक्त गरेको १५ दिनमा सर्भे प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएकोमा त्यो व्यवस्था पालना नभएको उजुरीमै उल्लेख छ ।

सगरमाथा इन्स्योरेन्सले पशुुपन्छी र लघुुबीमामा पनि कानूनको बर्खिलाप गरेको र पशुपन्छी बीमालेखमा नलाइने टिकटको मूल्यमा मात्रै मूल्य अभिवृद्धि कर लगाएर राज्यलाई कर छलेको उजुरीमै उल्लेख छ ।

अर्को गम्भीर गल्ती सगरमाथा इन्स्योरेन्सले बीमकले माछा पालन बीमालेख जारी गर्दा १९.३ हेक्टर (२८.५ बिगाहा) मा माछाको अधिकतम संख्या १ लाख ९३ हजार हुनुपर्नेमा ४ लाख माछाको जोखिम बहन गर्ने गरी बीमालेख जारी गरेर कम्पनीलाई नै घाटा पु¥याउने गम्भीर गल्ती गरेको उजुरीमा उल्लेख छ ।

अर्को गल्ती फेरि दोहो¥याएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमालेख जारी गर्दा बीमितको दुुर्घटना बीमा बापतको बीमाशुल्क निर्धारित बीमाशुल्क भन्दा बिमितसंग बढि लिएको देखिन्छ ।

यति मात्रै होइन बीमा समितिको अध्यक्षज्यू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरमिा भनिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ३० दिन भित्र गर्नु पर्ने बीमाको दाबी भुक्तानी २ वर्ष ढिला गरी गरेको गम्भीर र डरलाग्दो कुरा उल्लेख गरिएको देखिन्छ ।
यति सम्मको बीमा समितिको निर्देशन विपरित ५ जना देखि ७ जनासम्मको सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति हुनुपर्नेमा बीमा समितिलाई नै चुनौती दिँदै यस अगाडी ९ जना राखिएको उजुरी पत्रमा भनिएको छ ।

अर्को महत्वपूर्ण कुरा के पनि छ भने सम्पति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७५ को दफा ७ को उपदफा २ मा उल्लेख भएको बीमकले ग्राहक तथा कारोबारको जोखिम मूल्याङक गर्दा त्यस्तो ग्राहक वा कारोबारमा निहित जोखिमलाई वर्गीकरण गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोमा सोको पालना नेपाल बीमाक संघका महासचिव समेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले नगरेको देखिन्छ ।

यस बारेमा प्रतिक्रिया दिँदै सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले भने यी सबै पुराना कुरा हुन् । कम्पनी आफैमा राम्रो छ । उच्च जोखिम भन्ने कुरा गलत छ । बीमाले जोखिम बहन गर्ने हो । सगरमाथा इन्स्योरेन्स कम्पनी उच्च जोखिममा भए अरुको जोखिम छैनन् त बुझेर मात्रै कमल चलाउन उनीले पत्रकारलाई चुनौती दिए । जे भए पनि बीमितले दुःख पाउनु हुँदैन । हाम्रो भनाई यति हो । सचेत भया ।

12515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका