जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको क्षती भएको छ । बाढीपीडितलाई सहयोग गर्नेमा यस विकास बैंक सबैभन्दा पहिलो संस्था रहेको बैंकले जनाएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

8060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?