जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

असार ३१ गते बिहीवारदेखि विक्रीमा आएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको “८.५% माछापुच्छ्रे डिबेन्चर २०८७” नामको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्य बैंकले रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुका लागि र रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्यबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी  ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

प्रतिऋणपत्र रू. १ हजार मूल्यको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । बैंकको यस ऋणपत्रलाई इक्रा नेपालले न्यून जोखिम कर्जाको संकेत गर्ने “इक्राएनपी इस्युअर रेटिङ्ग सिङ्गल ए माइनसे” रेटिङ्ग प्रदान गरेको छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्वेयर र मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

8450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?