जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • साल्ट ट्रेडिङले मोबाइल भ्यानमार्फत दैनिक ४ लाखको खाद्यन बिक्री गर्दै

साल्ट ट्रेडिङले मोबाइल भ्यानमार्फत दैनिक ४ लाखको  खाद्यन बिक्री गर्दै

साल्ट ट्रेडिङ  कर्पोरेसन (एसटीसी) ले मोबाइल भ्यान मार्फत दैनिक चार लाख रुपैयाँको खाद्यन बिक्री गरिरहेको छ।

गत शुक्रवारदेखि  एक साताको लागि लागु गरिएको कडाँ निषेधाज्ञामा  सरकारले २ कम्पनीहरुलाई खाद्यन बिक्री गर्ने अनुमति दिएको छ।

उपभोक्ताले अति आवश्यक परेको अवस्थामा कम्पनीको आधिकारीक व्यक्तिहरुलाई फोन गरी  र अनलाइन मार्फत खाद्यन अर्डर गर्ने सक्ने व्यवस्था गरिएको छ।

फोन मार्फत आएका अर्डरहरु साल्ट्र ट्रेडिङले दैनिक ३ वटा मोबाइल भ्यान मार्फत डेलिभरी गरिरहेको छ। एउटा भ्यानले दैनिक  ७० देखि ८० वटा अर्डरहरु डेलिभरी गरिरहेको बजार प्रबन्धक प्रज्वल प्रधानले  बताए।

यसले गर्दा कर्मचारीहरुलाई भ्याइ नभ्याइ हुने गरेको छ। ५ दिनमा  करिब २ हजारदेखि २५ सय घर परिवारमा खाद्यन बिक्री बितरण गरिरहेको उनले बताए। भ्यानहरुबाट दैनिक ४ लाखभन्दा बढी खाद्यन बिक्री भइरहेको छ।

साथै ४ वटा आउटलेट पनि बिहान १० देखि ४ बजेसम्म खुल्ला हुने गरेको छ। सर्वसाधारणलाई हिँडडुल गर्न नदिएकोले पास हुनेहरु मात्र आउने गरेका छन। जसले गर्दा कालिमाटीमा दैनिक एक लाखभन्दा बढीको खाद्यन बिक्री हुने गरेको छ। अन्य आउटलेटबाट दैनिक ५० देखि ६० हजार रुपैयाँको बिक्री हुँदै आएको छ।

यति बेला अघिल्लो लकडाउन भन्दा  बढी  खाद्यनको माग आएको छ। उपभोक्ताले दाल, चामल, चीनी, तेल र पिठो ग्यासका साथै इन्डक्शन चुलोको अर्डर गर्न सक्छन। उपत्यका भित्रबाट अर्डर आउने क्रम छ। बाहिरका जिल्लाबाट अर्डर आए पनि तत्काल डेलिभरी हुन सकेको छैन। डेलिभरी गर्ने तयारी भने कम्पनीको छ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कन्पनीमा पनि खाद्यनको अर्डर बढ्न थालेको कम्पनीकी सुचना अधिकारी सर्मिला सुवेदीले बताइन्। अनलाइन  अर्डर र फोनबाट गरी दैनिक ३० भन्दा धेरै अर्डर हुने गरेको  कम्पनीले जनाएको छ।

कम्पनीमा फोनभन्दा अनलाइन मार्फत अर्डर धेरै आउने गरेको छ। अर्डरमामध्ये  चामलको माग बढी छ। फोनमार्फत आएका  साना अर्डरहरुलाई पनि डेलिभरी गरेका उनले जानकारी दिइन्।

वाहिर बजार खुल्ला हुँदा कम्पनीमा अर्डर कम आउने गरेको थियो । अहिले सबैतिर बन्द रहेकोले अर्डरहरु बढ्ने क्रम रहेको कम्पनीले जनाएको छ।

8685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका