जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा चार जना

धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा चार जना

अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरा गरी असोज २९ गते धितोपत्र बोर्डबाट बाहिरिँदै छन् । कार्की बाहिरिएपछि बोर्डको अध्यक्ष को बन्नेछ भन्ने भन्ने विषयले यतिबेला चर्चा चुलिएको छ ।

कार्यकाल सकिन लाग्दा कार्की असोज १६ गतेदेखि नै बिदामा बसिसकेका छन् । बोर्डका अध्यक्ष नियुक्त भने मन्त्रिपरिषदको बैठकले गर्ने व्यवस्था छ ।

बोर्डमा सामान्यतया राजनीतिक नियुक्ती नै हुन्छ । सत्तामा जुन पार्टी छ त्यही पार्टीको आस्थामा विश्वास राख्नेले मात्रै बोर्डमा चार वर्ष काम गर्ने अवसर पाउने छन् ।

बोर्डको अध्यक्ष बन्नका लागि अहिले चार जनाको नाम निकै चर्चामा छ । जसमा भदौको पहिलो साता मात्रै बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त भएका भीष्मराज ढुंगाना, नेप्सेका पूर्व अध्यक्ष टंक पनेरु, बोर्डका पूर्व विज्ञ सदस्य निलबहादुर सारु, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम निकै चर्चामा छ ।

अर्थ मन्त्रालयले बोर्डको विज्ञ सदस्यको रुपमा भीष्मराज ढुङगानालाई भदौ पहिलो साता नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुंगानालाई अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए ।

नेपाल राष्ट्र बैंकको कार्यकारी अधिकृतको रुपमा कार्यरत ढुङगाना ३० वर्षे सेवा अवधि पूरा गरी अवकास पाएका हुन । उनलाई भदौ पहिला साता मन्त्रिस्तरीय बैठकले विज्ञ सदस्यको रुपमा नियुक्त गरेको हो ।

यसअघि नै बोर्डको अध्यक्ष बन्ने दौडमा रहेका ढुंगानालाई विज्ञ सदस्य बनाएपछि अध्यक्षका लागि झनै बाटो खुलेको चर्चा पनि रहेको छ । बोर्डको अध्यक्षको दाबेदार सबै जना नेकपा निकट मानिन्छन् ।

त्यसमा पनि ढ्ुगानालाई त राष्ट्रपति विद्यादेवि भण्डारी निकटको रुपमा हेरिने गरेको छ । स्रोतका अनुसार उनलाई भण्डारीको निर्देशनमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको हो । यसर्थ पनि उनको सम्भावना ज्यादा रहेको चर्चा पनि यतिबेला छ ।

जानकार पक्षका अनुसार उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समूहको पनि सहयोग मिल्ने बताइन्छ । उनी यसअघि राष्ट्र बैंकको तर्फबाट नेपाल स्टक एक्सचेञ्जको पदेन सञ्चालक समिति सदस्य थिए । ढुङ्गानाले राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख भएर काम गरेको अनुभव पनि रहेको छ ।

बोर्डको अध्यक्षका लागि आकांक्षीका रुपमा बोर्डकै पूर्व विज्ञ सदस्य निलबहादुर सारु मगर पनि लबिङमा लागेका छन् । उनी बोर्डको विज्ञ सदस्यको रुपमा गत चैत ३० गतेदेखि अवकाश पाएका हुन् ।

यतिबेला बोर्डका उनको पनि आकांक्षा देखिएको छ । पाल्पाका सारु नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव विष्णू् पौडेलको निकट मानिन्छन् ।

यस्तै बोर्डको अध्यक्षमा नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी र नेप्सेका पूर्व अध्यक्ष टंक पनेरुको पनि चर्चा रहेको छ ।

नेपाल बैंकका अध्यक्ष अधिकारी नेपाल राष्ट्र बैंकमा हुँदादेखि नै अर्थमन्त्री डा. युवराज खतिवडा निकट मानिन्छन । पनेरु प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री खतिवडाको जिल्लाबासी हुन् ।

अधिका अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनी बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशक थिए । त्यसको लगत्तै उनले विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका थिए । पछि उनी कार्यकारी निर्देशक भएपछि अवकास पाएका हुन ।

बोर्डको अध्यक्षका लागि बोर्डकै कर्मचारीहरुको पनि नाम बेला बेलामा आउने गरेको छ । जसमा कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल, निरज गिरी, तथा निमित्त कार्यकारी निर्देशक डा. नवराज अधिकारीको पनि चर्चा हुने गरेको छ ।

बोर्डको अध्यक्ष चयन भने अर्थमन्त्रालयमा गठित समितिले चयन गर्नेछ । जसमा राष्ट्रिय योजना आयोगको सदस्य, अर्थसचिव र धितोपत्र बजारको विषयमा जानका रहेको व्यक्ति समिति रहने व्यवस्था छ ।

समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रिपरिषदले अध्यक्षको टुंगो लगाउने व्यवस्था छ ।

7450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका