सर्वोच्च अदालतले गत शनिवार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई रिहा नगर्न आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाईरिहा नगरी साथ मै राख्न आदेश दिएको हो ।
प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित जुवाखालबाट गत शनिवार २५ जनालाई पक्राउ गरेको थियो । ति मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दी प्रत्यक्षीकरण को रिट दायर भएको थियो । रिटको सुनुवाई गर्दै अदालतलाई रिहा नगर्न आदेश दिएको हो । त्यस्तै अदालतले यसै प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका अन्यको मिसिल पनि साथै राखी सुनुवाई गर्न आदेश दिएको छ ।
पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा अदालत गएका थिए।
प्रहरीले उनीहरु जुवा खेलिरहेको जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद गरेको थियो।