जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना महामारीबीच १८ बैंकले घटाए खराब कर्जा

कोरोना महामारीबीच १८ बैंकले घटाए खराब कर्जा

कोरोनमा महामारीकै बीच १८ वटा वाणिज्य बैंकहरूले खराब कर्जा घटाएका छन् । बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणले बैंकहरू खराब कर्जा (एनपीएल) घटाएका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंकले सबैभन्दा बढी खराब कर्जा घटाएको छ । चालु आवको यो अवधिका सबैभन्दा बढी एनपीएल नेपाल बंगलादेश बैंकले घटाएको छ । सबैभन्दा कम खराब कर्जा भने सिटिजन बैंकले घटाएको छ ।

चालु आवको यो अवधिमा खराब कर्जा घटाउने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेन्चुरी, सन्राइज, सिटिजन, एनआईसी एशिया, सानिमा,माछापुच्छ्रे बैंक, नबिल, मेगा, सिद्धार्थ, प्राइम, लक्ष्मी, बैंक रहेका छन् । यी बैंकहरूले यो अवधिमा ०.०३ प्रतिशतदेखि ०.९२ प्रतिशतसम्म खराब कर्जा घटाएका हुन् ।

बैंकले चालु आवको यो अवधिमा नेपाल बंगलादेश बैंकले खराब कर्जा घटाएर १.९७ प्रतिशतमा झारेको हो । बैंकले यो अवधिमा खराबकर्जा ०.९२ प्रतिशतले घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको १.९७ प्रतिशत खराब कर्जा थियो । यसबीचमा खराबकर्जा बढेर २.८९ प्रतिशत पुगेपनि बैंकले पुनः गत आवको पहिलो त्रैमासको जत्तिकै अर्थात १.९७ प्रतिशतमा खराब कर्जा घटाउन सफल भएको छ ।

सिभिल बैंकले पनि १ वर्षको यो महिनाको अवधिमा १.४३ प्रतिशतले खराब कर्जा घटाएको हो । गत आवको अन्त्य अर्थात असारमसान्तसम्म बैंकको एनपीएल २.३८ प्रतिशत थियो । ३ महिनाको यो अवधिमा बैंकले ०.८८ प्रतिशतले एपीएल घटाएर बैंकले साढे १ प्रतिशतमा झारेको छ ।

त्यसैगरी खराब कर्जा घटाउने बैंकहरूको त्यस्रो सूची एनएमबी बैंक परेको छ । बैंकले गएको आवको पहिलो त्रैमासमा ०.४२ प्रतिशतले खराब कर्जा घटाएको हो । गएको आवको अन्त्यसम्म बैंकको २.६८ प्रतिशत खराब कर्जा थियो । अहिले सो कर्जाको अनुपात घटेर २.२६ प्रतिशतमा झरेको छ । गएको आवको अन्त्यसम्म बैंकको खराब कर्जा अनुपात १.९७ प्रतिशतमात्र थियो ।

बाँकी ८ वटा बैंकले भने यो अवधिमा खराब कर्जा ४३ प्रतिशतसम्म बढाएका छन् । खराब कर्जा बढी बढाउने बैंकहरूमा सरकारी बैंक नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक परेका छन् । एभरेष्ट बैंकको यो अवधिमा खराब कर्जा स्थिर रहेको छ अर्थात यो अवधिमा बैंकले एनपीएल घटाउन तथा बढाउन सकेको छैन ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श, ग्लोबल आईएमई बैंक, नेपाल एबीआई, कुमारी बैंकले भने एनपीएल घटाएका छन्

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका