जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सनराइज बैंकबाट रत्नराज बज्राचार्यले लिए १ करोड २७ लाख

सनराइज बैंकबाट रत्नराज बज्राचार्यले लिए १ करोड २७ लाख

सनराइज बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले तलब भत्ता तथा सेवा सुविधा गरी १ करोड २७ लाख २८ हजार रुपैयाँ लिएका छन् ।

गत आर्थिक वर्षमा बज्राचार्यले बैंकबाट उक्त रकम लिइएको बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बज्राचार्यले लिएको तलब भत्ता मासिक रुपमा हेर्दा १० लाख ६० हजार ६६६ रुपैयाँ हो । यो सबै रकम उनको खल्तीमा भने गएन । उनले आफ्नो कमाइबाट झण्डै ३६ प्रतिशत बराबर हुन आउने रकम राज्यलाई कर वापत बुझाए ।

अहिले उनी बैंकमा कार्यरत छैनन् । हाल बैंकको सीईओ जनक शर्मा पौडेल छन् ।

सनराइज बैंकले गत आर्थिक वर्ष सीईओबाहेक उच्च व्यवस्थापनमा रहेका कर्मचारीका लागि १२ करोड ७३ लाख ९३ हजार रुपैयाँ खर्च गरेको थियो ।

त्यसैगरी बैंकले कर्मचारीका लागि बोनससहित १ अर्ब १५ करोड २ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै, बैंकले कार्यालय सञ्चालनका लागि भने ८९ करोड २० लाख ५८ हजार ५२३ रुपैयाँ खर्च गरेको थियो । बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत जम्मा १७ लाख ४४ हजार रुपैयाँ खर्च गरेको थियो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.८ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको छ ।

8605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका