जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जलपरी गौरिका सिंहले खोलिन् अनलाईनबाटै खाता

जलपरी गौरिका सिंहले खोलिन् अनलाईनबाटै खाता

अनलाईन बैंकिङ सेवा सुरु गरेसँगै कृषि विकास बैंकप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको बैंकले यहि असार ५ गतेबाट अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको थियो ।
निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये पछिल्लो समय कृषि विकास बैंकले आप्mना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ । अनलाइनबाट खाता खोल्ने प्रविधि ल्याएसँगै कृषि विकास बैंकमा सर्वसाधारण नागरिकदेखि खेलाडि तथा बिभिन्न क्षेत्रका प्रतिस्ठित व्याक्तिहरुले समेत अनलाईनबाटै खाता खोलीरहेको सो बैंकले जनाएको छ । देशभित्रबाट मात्रै हैन अहिले बिदेशबाट समेत अनलाईन खाता खोलीरहेका जनाईएको छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ ।
यसैक्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले पनि अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरे पश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएकाले ग्राहकको संख्या बढेको छ ।
बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले पनि यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ । जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंकले उनलाई धन्यवाद समेत दिएको छ । बेलायतमा बस्दै आएकी गौरिकाले १३ औं दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण सहित ९ पदक जितेकी थिएन् ।

देशभर २ सय ७८ शाखा सञ्जाल, एटीम सुविधा भएको कृषि बिकास बैंक ५ दशकदेखि कृषि तथा बैंकिङ दुबै क्षेत्रमा स्थापित र विस्वसनीय बैंकको रुपमा रहदै आएको छ ।

6290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?