जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको  नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ  । 

कम्पनीको उक्त  प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।

image.png

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका