जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंकले साधारणसभा डाक्यो

लाभांश

प्रभु बैंकले साधारणसभा डाक्यो

१६% बोनस शेयर प्रस्ताव

प्रभु बैंकले साधारणसभा डाक्यो

प्रभु बैंकले मंसिर १६ गते १८ औ वार्षिक साधारणसभा डाकेको छ। बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ।

बैंकले एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर दिएपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ कायम हुने छ।

संस्थापक शेयरधनीको हिस्सा घटाउने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ। बैंकको यस अगाडि संस्थापक शेयर ५५ प्रतिशत र सर्वसाधारण शेयर ४५ प्रतिशत छ।

यस्तो अनुपात परिवर्तन गर्दै संस्थापकहरुको ५१ प्रतिशतमा झार्ने र सर्वसाधारणको ४९ प्रतिशत पुर्याउने बताइएको छ। यससँगै दोस्रो बजारमा बैंकको सर्वसाधारण शेयर धेरै हुनेछ।

साधारणसभामा बैंकको चल अचल सम्पत्ति तथा दायित्व ‘डिडिए’ को मूल्याङ्कन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अगाडि सारिएको छ।

डिडिएसँगै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले साधारणसभा प्रयोजनका लागि कात्तिक २६ गतेदेखि बुक क्लोज गर्ने भएको छ। कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछ। साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज हुने बैंकले जनाएको छ।

11555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका