जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २७ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक, सेन्चुरी बैंक अर्बपति क्लबमा

२७ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक, सेन्चुरी बैंक अर्बपति क्लबमा

नेपालका २७ वाणिज्य बैंकहरुले नाफा बढाएका छन् भन्दा अचम्म मान्नु पर्दैन । २७ वाणिज्य बैंकहरुमा कमजोर मानिएको सेञ्चुरी कर्मशियल बैंकले नाफामा चमत्कार गर्दै अर्बपति क्लबमा प्रबेश गरेको छ भन्दा फरक पर्दैन । कोरोना कहर बीच पनि २७ वाणिज्य बैंकले आश्चर्यजनकरुपमा नाफा बढाएको भेटिएको छ ।
तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकको नाफा करिब ११ प्रतिशतले बृद्धि भएको छ । कोरोना कहर, बैंकिङ्ग तरलता लगायतका कारणहरुले बैंकहरुको नाफा घट्ने अनुमान गरिएतापनि त्यसको ठिक विपरित परिणम आएको देखिन्छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको कूल नाफा ५० अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । उक्त नाफा बढेर चालू आवको सोहि अवधिसम्म ५१ अर्ब एक करोड पुगेको हो । एक वर्षको अन्तरालमा ०.५४ प्रतिशतले वाणिज्य बैंकहरुको नाफा बढेको देखिन्छ ।

बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तीय विवरण हेर्दा २७ वाणिज्य बैंकहरुमध्ये १२ वटा वाणिज्य बैंकहरुको नाफा भने घटेको देखिन्छ । यसमा पनि सबैभन्दा बढी लक्ष्मी बैंकको नाफा घटेको छ । यस बैंकको नाफा ३३ प्रतिशतले घटेको छ । लक्ष्मी बैंकको तेस्रो त्रैमाससम्म खराब कर्जा बढेको देखिन्छ । त्यसैगरि, यस बैंकको कर्मचारी तलब भत्ता पनि बढेको छ ।

सेन्चुरी कमर्शियल बैंकको नाफा बढाउदै अर्बपति क्लबमा पुगेको छ । जसको नाफा १८३ प्रतिशतले बढेको हो । यस बैंकले तेस्रो त्रैमाससम्म खराब कर्जा घटाएको छ । त्यस्तै, यस बैंकको सञ्चालन मुनाफासंगै खुद ब्याज आम्दानी पनि बढेको छ ।

हेर्नुहोस्, वाणिज्य बैंकहरुको वित्तीय विवरण

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?