निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडपति छन् ।
श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नरको हिसाबले बुझाएको सम्पत्ति विवरणमा सम्पत्ति तथा बैंक ब्यालेन्स राम्रो रहेको देखिएको छ ।
श्रेष्ठको पैत्रिक सम्पत्ति अन्तर्गत बालाजुमा घर छ । जुन उनको बुवाको नाममा रहेको छ ।
श्रेष्ठले टोखा नगरपालिका १० मा १९२.६० बर्गमिटरमा बनेको अढाई तले घर रहेको छ ।
श्रेष्ठको श्रीमतिको नामममा टोखा नगरपालिकामा जग्गा रहेको छ । श्रेष्ठ र उनको परिवारको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६५ हजार ८३५ कित्ता सेयर रहेको छ ।
४० लाख बराबरको बचतपत्रमा समेत लगानी रहेको छ ।
श्रेष्ठले सम्पत्ति विवरण बुझाउने समयमा एक रुपैयाँपनि ऋण नभएको उल्लेख गरेका छैनन् ।
यस्तै श्रेष्ठ र उनको परिवारसँग ६० तोला सुन तथा ६०० तोला चाँदीको गहना रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा २ करोड रुपैयाँ बचत देखिएको छ।