जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • पाँच अर्बको ‘हरित उर्जा ऋणपत्र’मा मागको ४ गुणा आवेदन

पाँच अर्बको ‘हरित उर्जा ऋणपत्र’मा मागको ४ गुणा आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले नेपालमै पहिलो पटक जारी गरेको ‘हरित उर्जा ऋणपत्र’मा माग रकमको करिब ४ गुणा आवेदन परेको छ। बैंकले ७ वर्ष अवधिको ५ अर्बको हरित उर्जा ऋणपत्र जेठ १८ गते निष्कासन गरेकामा करिब १९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको हो।

सर्वसाधारणतर्फ २ अर्बका लागि सामूहिक लगानी कोषबाहेक ३ हजार ३३ योग्य लगानीकर्ताबाट ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजार र प्राइभेट प्लेसमेन्टतर्फ ३ अर्बका लागि २३ योग्य लगानीकर्ताबाट १५ अर्ब ५९ करोड ५५ लाख बराबरका लागि आवेदन परेको हो। ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने म्याद जेठ २५ गतेसम्म थियो।

प्रारम्भिक बाँडफाँड कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको निष्कासन तथा विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ।

हरित उर्जा ऋणपत्र निष्कासन कार्य सम्पन्न भएकामा निफ्राले मंगलबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा एक कार्यक्रम गरी यो प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

कार्यक्रममा ग्लोबल ग्रीनग्रोथ इन्ष्टिच्युटको नेपालका लागि आवसीय प्रतिनिधि लाउरा जलस्जोकी, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, नेपालका लागि दक्षिण कोरियाका राजदूत लगायत उपस्थित थिए।

1500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?