जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकका ८ कर्मचारीको मृत्युपश्चात पेन्सन रकम खाताबाट गायब

वाणिज्य बैंकका ८ कर्मचारीको मृत्युपश्चात पेन्सन रकम खाताबाट गायब

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त ८ कर्मचारीको मृत्युपश्चात पेन्सन रकम बैंकबाट झिकेर ठगी गरेको आरोपमा बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखामा कार्यरत पाँचौं तहका कर्मचारी पूण्यप्रसाद अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका अवकाशप्राप्त कर्मचारीको आफैंले पेन्सन बुझेको भेटिएको प्रहरीले जनाएको छ। ५५ वर्षीय अधिकारी रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ का हुन्।

उनीमाथि मृतकहरुको पेन्सन पट्टा तथा चेकबुक आफूले राखी निजहरुको खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ दस्तखत नमुना कार्ड बनाई कार्ड र दस्तखत नमुना परिवर्तन गर्ने निवेदन आफैंले तयार गरी बैंकमा पेन्सनवाला नै हाजिर भएको जनाएर खाताको रकम निकालेको प्रहरीको आरोप छ।

प्रहरीले उच्च अदालत पाटनसँग अनुमति लिएर उनलाई बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राखेको छ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?