जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा  एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ।

बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकम आगामी मंसिर १ देखि एक वर्ष अर्थात ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गन लागेको हो। बैंकले २०७७ कार्तिक ३० गतेसम्म त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने जनाएको छ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई एक अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ८ करोड १९ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई कार्तिक २२ गते शुक्रबार अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन्।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ।

त्यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको अवस्थामा फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

9035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका