
सनराइज बैंक लि. र सिद्घार्थ क्यापिटल लि. बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिद्घार्थ क्यापिटलाई “सन्राइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रmपमा नियुक्त गरिएको छ । अर्धवार्षिक रmपमा भुत्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको रु.३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि सात वर्षको रहनेछ । उक्त सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।