जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकर संघमा निर्वाचनको तयारी

आर्थिक विशेष

बैंकर संघमा निर्वाचनको तयारी

बैंकर संघमा निर्वाचनको तयारी

बैंकर संघलाई पनि निर्वाचन लागेको छ। यसपाली दुई जना सदस्यवाहेक सबै जनाको निर्वाचन हुँदैछ।

संघको बिहीबार बसेको बैठकले साधारणसभा गर्नका लागि आवश्यक कागजपत्र ठिक पार्ने निर्णय गरेको छ। आगामी साना हुने अर्को बैठकले साधारणसभाको मिति तय गर्ने छ।

बैठकमा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले आफूलाई ‘दोहोर्या नभन्न’ आग्रह गरेका थिए। अध्यक्ष हुँदाखेरी आफ्ना धेरै काम गर्न नपाएको उनले बताएका थिए।

पछिल्लो केही बर्षदेखि संघको अध्यक्ष स्वत उपाध्यत बनाउने चलन चल्न थालेको छ। तर यसपाली भने उपाध्यक्ष नेपाल एसबिआइ बैंकका सिइओ अनुकुल भटनागरलाई बढुवा गर्न नहुने पक्षमा अधिकांस बैंकर छन्।

भटनागर भारतीय स्टेट बैंक (एसबिआइ) का कर्मचारी हुन्। उनले राष्ट्र बैंक, अर्थमन्त्रालय तथा सरकारका अन्य निकायसँग आवश्यक पर्दा लबिङ गर्न नसक्ने एक पक्षको धारणा छ। भटनागर उपाध्यक्ष भएदेखि केही बैंकरले संघको बैठकमा जानसमेत छाडेका थिए।  यो सबै बिषयलाई बिचार गरेर भटनागरलाई नबनाउने कि भन्ने बैंकरबीच कुराकानी हुन थालेकोछ ।

बिधान अनुसार पूर्व अध्यक्षहरु पनि फेरि अध्यक्ष बन्न पाउँछन्। अहिले पूर्व अध्यक्षहरु अशोक राणा र अनिल शाह मात्रै बैंकिङमा सक्रिय छन्। यसो हुँदा दुईमध्ये एकलाई अध्यक्ष बनाउने कि भन्ने पनि चर्चा चल्न थालेको छ।

ढुङ्गानाले पुराना बैंकर पर्शुराम कुँवर क्षेत्रीलाई अध्यक्ष बन्न आग्रह गरिरहेका छन्। क्षेत्री भने अध्यक्ष बन्न अस्वीकार गरिरहेका छन्। जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका उनी अहिले संघको कार्य समिति सदस्य छन्।

अहिले अध्यमा ढुङ्गाना, उपाध्यक्षमा भटनागर तथा सदस्यहरुमा क्षेत्री, अशोक शेरचन, गोविन्द गुरुङ, ज्योती पाण्डे, किरणकृष्ण श्रेष्ठ, रमेशराज अर्याल र सुमन शर्मा छन्। अशोक राणा सल्लाहकार छन्।

एक बर्ष मात्र भएका हिसाबले शर्मा र गुरुङको निर्वाचन हुँदैन। बाँकी सबैको निर्वाचन हुनेछ। यसो हुँदा अहिले भएका केही अनुहार सदस्यमा दोहोरिन सक्छ।

10115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका