जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थमन्त्री महतले बैंकर्सलाई भने- सकिन्छ भने ब्याजदर घटाउनुस्

अर्थमन्त्री महतले बैंकर्सलाई भने- सकिन्छ भने ब्याजदर घटाउनुस्

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्सहरुसँग ब्याजदर घटाउन सकिने नसकिनेबारे जानकारी लिएका छन् । सोमबार मन्त्रालयमै वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघसँग छलफल गर्दै अर्थमन्त्री महतले ब्याजदर घटाउन सकिने अवस्था भए घटाउन आग्रहसमेत गरेका छन् ।

अर्थमन्त्री महतले बैंकर्ससँग भनेका थिए, ‘ब्याजदर उच्च हुँदा व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । व्यवसाय गर्न आवश्यक नगद प्रवाह नहुँदा व्यवसाय गर्नै समस्या भयो भनिरहनुभएको छ । ब्याजदर घटाउन सकिने अवस्था भए उहाँहरुको माग सम्बोधन गरिदिनुस् ।’

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टीमले अर्थतन्त्रको अवस्था र तरलता तथा ब्याजदरबारे अर्थमन्त्री महतलाई ब्रिफिङ गरेका थिए ।

बैंकर्सहरुले सरकारले विकास खर्च बढाए अहिलेको समस्या समाधान हुने औंल्याएका थिए ।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?