जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रुपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अदालत अनुमति

रुपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अदालत अनुमति

ठगी अभियोगमा पक्राउ परेका पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति प्रकरणमा अदालतले पाँच दिन थप म्याद दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायधीश ‌ओमप्रकाश अर्यालको इजलासले पाँच दिन म्याद दिएको हो। शुक्रवार जिल्ला अदालतले दिएको तीन दिनको समय आज सकिएपछि प्रहरीले व्यवसायी रुपज्योति र उनकी छोरीलाई अदालतमा उपस्थित गराएको थियो।

अध्यक्ष रुपज्योतीलाई बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनकी छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?