जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • गर्भनर डा. चिरनजीवी नेपाल हुँदा सम्म ढुंगानाको दादागिरी कायम

गर्भनर डा. चिरनजीवी नेपाल हुँदा सम्म ढुंगानाको दादागिरी कायम

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम एउटा बैंकको सीइओले गर्दछ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य सावित हुँदै गएको छ । नेपाल बंगलादेश बैंक (एनबी)का सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको दादागिरीले नेपाल राष्ट्र बैंक भित्र आतंक नै फैलिएको खुलेको छ ।

राष्ट्र बैंकका एक डिपुटी गर्भनरले एक भेटमा भनेः– एनबी बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाकै सकृयतामा अजयराज पराजुली (सुमार्गी)को पैसा बाहिरएको हो । उनीले दाबी गरे । पोखरामा ज्ञानेन्द्र प्रसाद ढुंगाना हाल निलम्बनमा परेमा डिपुटी गर्भनर शिवराज श्रेष्ठको योजनामा अदालतबाट फैसला आउनु भन्दा १० मिनेट अगाडी नै पत्र सुमार्गीलाई दिइएको खुलेको छ ।

अदालतको फैसला आएको १ घण्टामा सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट अर्बै स्रोत नखुलेको पैसा बाहिरिएको थियो । उक्त पैसा हालका अर्थमन्त्री डा.युवराज खतिवडा गर्भनर हुँदा नै रोक्का गरिएको थियो । पैसा सुमार्गीले लगे लगत्तै ७ दिन पछि सर्वोच्च अदालतले पैसा नदिनु भन्ने आदेश आएको थियो । रातारात पैसा दिइने योजनाकार एनबी बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना, निलम्बीत डिपुटी गर्भनर शिवराज श्रेष्ठ माथी तत्कालै छानवीन गर्नुपर्ने ती डिपुटी गर्भनरले राजतिलक साप्ताहिकसंग बताए ।

अहिले बैंक र वित्तिय क्षेत्रको नियमन निकाय राष्ट्र बैंक भित्र कसैको चर्चा छ भने त्यो नाम हो ज्ञानेन्द्र प्रसाद ढुंगाना । सबै भन्दछन्ः– उनीलाई अनुसन्धान हुनुप¥यो उनीकै कारण गर्भनर पनि फस्न सक्दछन् । यि त पात्र मात्रै हुन् ।

एउटा अनौठो घटना एनबी बैंक भित्र भएको छ । एनबी बैंकका सदाबहादर सीइओ ज्ञानेन्द्र प्रसाद ढंगानाले आफ्नै सञ्चालक दिपक कार्कीको लगानी भएको पार्थ इन्टरनेशनल नामक कम्पनीलाई १ करोड ८९ लाख रुपैया धितो भ्यालु गरी ९ गुना बढि ९ अर्ब ९० लाख ऋण प्रवाह गरेर चमत्कारी काम गरेको खुलेको छ ।

सुन्दा पनि अचम्म लाग्ने कर्जा दिए पछि मात्रै उनीलाई थाहा भयो रे सो कम्पनी त हाम्रौ सञ्चालक दिपक कार्की ज्यूको रहेछ । जनताको पैसा दिने, कमिशन लिने अनि जे पनि बोल्ने बैकिङ्ग क्षेत्रमा ढुंगानाको आतंक अति भएको एक डिपुटी गर्भनरले राजतिलक साप्ताहिकसंग बताए । उनीले भने गर्भनर डा. चिरनजीवी नेपाल हुँदा सम्म उनीको दादागिरी कायमै रहने छ । हामीले उक्त कर्जा प्रवाहबारे भाद्र महिनाको स्पष्टिकरणको पत्राचार ग¥यौ । उत्तर आयो । हामीलाई चित्त बुझेन र कारवाही हुनुपर्दछ, जरिवाना हुनुपर्दछ भन्यौ । तर, गर्भनर साबले उहाँ माथि कारवाही रोक्नु भएको छ । अब अर्थमन्त्रीलाई हामीले गुहार्ने पक्षमा छौं । उनीले दाबी गरे ।

एनबी बैंकका एक सञ्चालकले भनेः– हाम्रा सीइओ ढुंगानाले राष्ट्र बैंकबाट सुमार्गीको पैसा ल्याउने प्रयास गरेकै कारण हाम्रो बैंकले कम मूल्यमा सुमार्गीको जग्गा खरिद गर्न पाएको छ नि । बैंकलाई त फाइदा नै छ । नि उनीकै कुराबाट पुष्टी हुन्छ । एनबी बैंकका ढुंगाना आतंक कति फैलिएको छ भनेर ।

अब हेरौं एनबी बैंकका सीइओ एवं राष्ट्र बैंकका पूर्व कर्मचारी ज्ञानेन्द्र ढुंगानाले आफ्नै सञ्चालक दिपक कार्कीलाई कसरी कर्जा प्रवाह गरे र राष्ट्र बैंकले कस्तो स्पष्टिकरण सोध्यो कथा मिठो र सत्य छ ।

नेपाली वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंक (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बिराटनगर वाणिज्य कार्यालयमा दर्ता गरिएको भनिएको पार्थ इन्टरनेशनल नामक कम्पनीलाई दिइएको कर्जा शंकास्पद पाइएपछि राष्ट्र बैंकले सीइओ ढुंगानालाई गत भदौमा प्रष्टिकरण सोधेको खुलेको हो ।

२०७५ साल असार २० गते रेशु अग्रवाल र बैंकका सञ्चालक दिपक कार्कीको स्वामित्वमा प्राइभेट फर्म रजिस्ट्रेसन अन्तर्गत वाणिज्य कार्यालय बिराटनगर दर्ता भएको पार्थ इन्टरनेशनलले ०७५ साल असार २३ गते नेपाल बंगलादेश बैंकमा कर्जा प्रवाह निवेदन पाएपछि कर्जाका लागि आवेदन दिँदा पार्थ इन्टरनेशनलले १ करोड ८९ लाख रुपैयाँ भ्यालु सम्पत्ति बैंकमा धितो राखेको थियो । उक्त धितोमा बैंकले ०७५ साल असार ३२ गते ९ करोड ९० लाख रुपैयाँ कर्जा सीइओ ढुंगानाको एकल हस्ताक्षरमा भएके देखिन्छ । सञ्चालक समितिमा पुगेको छैन ।

बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानालाई १० करोड रुपैयाँसम्मको ऋण स्वीकृत गर्ने अधिकार छ । १० करोड रुपैयाँभन्दा कमको ऋण सीइओले नै स्वीकृत गर्न सक्ने व्यवस्था भए अनुसार मोटो कमिशन लिई सीइओ ढुंगानाले दिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

बैंकका एक सञ्चालकहरुका अनुसार पार्थ इन्टरनेशनलको ९ करोड ९० लाख रुपैयाँको ऋण स्वीकृतिका लागि सञ्चालक समितिमा आएको छैन । सीइओ ढुंगानाले स्वीकृति गरेका हुन् । अरु के के गरे हामीलाई थाहा छैन ।

राष्ट्र बैंकले १ करोड ८९ लाखको धितोमा ९ करोड ९० लाख रुपैयाँ ऋण दिएको पाएपछि बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना र सञ्चालक दीपक कार्कीलाई गत भदौमै स्पष्टिकरण सोधेको छ ।

राष्ट्र बैंकका एक डिपुटी गर्भनरले भनेः– यो प्रकरणमा २ वटा आशंका गरेका छौं । राष्ट्र बैंकको पहिलो आशंका हो, धितोभन्दा ९ गुणा बढी ऋण । बैंकहरुले सामान्यतया धितो मूल्यांकनको ७० प्रतिशतसम्म मात्रै ऋण दिन्छन् । जसअनुसार रेशु अग्रवालको पार्थ इन्टरनेशनलले डेढ करोड रुपैयाँसम्म मात्रै ऋण पाउनुपर्ने हो । तर कसरी ९ करोड ९० लाख रुपैयाँ पायो ? यसमा आर्थिक चलखेल ठूलो छ भन्ने हाम्रो ठम्याई हो ।

दोस्रो चाख लाग्दो बुरा के पनि छ भने, असार २० गते दर्ता भई असार २३ गते कर्जाका लागि आवेदन दिएको र असार ३२ गते बैंकले ऋण स्वीकृत भएको राष्ट्र बैंकबाट प्राप्त कागज पत्रमा उल्लेख गरिएको छ । कम्पनी दर्ता भएको ३ दिनपछि कम्पनीले बैंकमा ऋणका लागि आवेदन दिएको छ । र, कम्पनी दर्ता भएको १२ दिन, अनि बैंकमा ऋणका लागि आवेदन दिएको ९ दिनमै बैंकले १० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । यस भित्र ठुलो आर्थिक चलखेल रहेको राष्ट्र बैंककै बुझाई छ ।

सीइओ ढुंगानालाई स्पष्टिकरण त काटियो त गर्भनर डा. नेपालबाट जरिवाना र कारवाही रोकिएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

कथा मिठो छः– पार्थ इन्टरनेशनले २०७६ कात्तिक २१ गते बिराटनगर कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्र लिएर बैंकमा पेश गरिसकेको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार गरेको विवरण नक्कली करचुक्ता प्रमाणपत्रमा पेश गरेको छ । १ महिना भित्रै यत्रो कारोबार कसरी भयो गर्भनर डा. नेपाल ज्यू । ढुंगानालाई जे पनि गर्न छुट छ ?

कारोबार नै नगरेको कम्पनीलाई असार मसान्तमा यतिठूलो ऋण दिनु अस्वाभाविक मात्रै छैन । ज्ञानेन्द्र प्रसाद ढुंगानाको दादागिरीको हद समेत बढेको देखिन्छ नि । स्रोतको दाबी छ ।

यस कर्जामा आर्थिक चलखेल भएको आशंका गर्दै राष्ट्र बैंकले बैंकका सञ्चालक दीपक कार्कीको समेत स्पष्टिकरण सोधेको छ ।

राष्ट्र बैंकले सीइओ ढुंगानाको प्रष्टिकरण चित्तबुझ्दो नभएको भन्दै अनुसन्धानका लागि स्थलगत निररिक्षण टोली नै खटाएर रिर्पोट बनाए पनि गर्भनर डा. नेपालले कारवाही रोक्का गरेको खुलेको छ ।

बैंकका सञ्चालक दीपक कार्की र रेशु अग्रवाल कुनैसमय जेपी हाइड्रो पावरमा पार्टनर थिए । जसमा कार्कीको स्वामित्वमा ११ प्रतिशत र अग्रवालको स्वामित्वमा ८९ प्रतिशत सेयर राष्ट्र बैंकले फेला पारेको छ । जानीजानी आफै सञ्चालकलाई कर्जा दिनु बैकिङ्ग कसुर हो कि होइन ? कहाँ छ सीआईवी ?

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(२०७३ को दफा २४ को उपदफा ‘ग’ मा भएको व्यवस्था अनुसार बैंक सञ्चालकले आफ्नो र आफ्नो परिवारको सेयर स्वामित्व सम्बन्धी विवरण आफू नियुक्त भएको ७ दिनभित्र बैंकलाई दिनुपर्छ । दीपक कार्कीलाई रेशु अग्रवालसँगको साझेदारीको बारेमा बैंकमा किन जानकारी नगराएको भन्दै प्रष्टिकरण सोधेको हो । कार्कीले भने आफूले कम्पनीमा पार्टनरसिप गरेपनि सोवापत बुझाउनुपर्ने पैसा नबुझाएको र सेयर लागत प्रमाणपत्र नलिएको भन्दै स्पष्टिकरण बुझाएका छन् । तर, यी दुवैका स्पष्टिकरण राष्ट्र बैंकलाई चित्त नबुझेको र कारवाही र जरिवाना गर्न तयारी शुरु भएपनि श्रीमान गर्भनर डा.चिरनजीवी नेपालले तत्काल कारवाही रोक्न आदेश लिएको ति डिपुटी गर्भनरले बताए । ढुंगानाको बारे कुरा आए पछि गर्भनर साब अहिले चुप लागेर बस्न भन्नु हुन्छ । अब हामी अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू समक्ष यस बारेको फाइल देखाउन र कारवाहीमा दबाब दिन लगाउने पक्षमा छौं । ति डिपुटी गर्भनरले राजतिलक साप्ताहिकसंग बताए ।

स्मरणीय होस् एनबी बैंकक सीइओ ढुंगानाकै कारण डिपुटी गर्भनर शिवराज श्रेष्ठको पद निलम्बन भएको छ । यसबारे श्रेष्ठले छानविन समिति समक्ष बयान दिँदा ज्ञानेन्द्र प्रसाद ढुंगानाको नाम बोड गरे उनी जेल जाने प्रायः निश्चित देखिन्छ । सचेत भया ।

राजतिलक साप्ताहिक

15785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका