जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पठाओ’ले परिवर्तन गर्‍यो आफ्नो लोगो, भविष्यमा ‘सुपर एप’बाट सबै सेवा दिने उद्देश्य

पठाओ’ले परिवर्तन गर्‍यो आफ्नो लोगो, भविष्यमा ‘सुपर एप’बाट सबै सेवा दिने उद्देश्य

राइड सेयरिङ एप पठाओले आफ्नो सेवा विस्तार गर्ने क्रममा लोगो परिवर्तन गरेको छ। कम्पनीले यस अघि कायम गरेको ‘राइड सेयरीङ’ अवधारणा अन्तर्गतको लोगो आजैबाट परिवर्तन गरेको हो।

नागबेली बाटो/सडक अवधारणामा रहेको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘पि’ लाई विशेष महत्व दिइएको कम्पनीले जनाएको छ। नयाँ लोगोले समस्या देखि समाधानको बाटोको अवधारणा बेकेको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

सेवा सुरु गरेको पाँच वर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा सुपर एपको सेवा प्रवाह गर्ने योजना रहेको उनले जानकारी दिए।

कम्पनीले यस अघि काठमाडौंमा सुरु गरेको ‘पठाओ पार्सल’लाई देशव्यापी बनाउने र डिजिटल वालेट ‘पठाओ पे’ समेत सुरु गर्ने योजना रहेको जनाएको छ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका