जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंकवित्तका कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरसमक्ष आग्रह

बैंकवित्तका कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरसमक्ष आग्रह

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले नेपाल राष्ट्र बैंकका गभर्नरसँग बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षमा ध्यान दिन माग गरेको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै संघले यसबाट बच्न निषेधाज्ञा जारी गरेको अवस्थामा कर्मचारीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गभर्नर अधिकारी समक्ष पत्राचार गरेको छ । फियनले ६ बुँदे सुझाव अघि सार्दै अत्यावश्वक सेवा आधुनिक प्रविधिहरु सेवा लगायतको माध्यमबाट सेवा प्रवाह गर्न र न्यूनतम कर्मचारीहरु उपस्थित गराउन तथा कर्मचारीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

 

13070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका