जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सानिमा लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ . उक्त सभाले अध्यक्ष कुमार प्रसाद कोइरालाले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको कम्पनी सानिमा बैँक लगायत प्रतिष्ठित गैर आवासीय नेपालीहरुद्वारा प्रवर्धित संस्था हो । सानिमा लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २२ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ६४ वटा शाखा-उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि  जनसमक्ष प्रस्तुत गरेको छ .

कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्रि विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।

13045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका