जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा सामुदायिक क्रियापुत्री भवन उद्घाटन

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा सामुदायिक क्रियापुत्री भवन उद्घाटन

बुढानिलकण्ठ नगरपालिका वडा नं २मा सामुदायिक क्रियापुत्री भवन उद्घाटन गरिएको छ। वडा अध्यक्ष राजेन्द्र खड्काको अध्यक्षता भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सो भवनको उद्घाटन गरेका हुन कार्यक्रममा नगर उप प्रमुख रमादेबी राइ,

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडा सदस्य राजेन्द्र श्रेष्ठ जयबहादुर लामा,अमिता मिजार ,नेकपा एमाले काठमाडौं जिल्ला सदस्य बिदुर बिक्रम खड्का नेपाली कांग्रेस एकाइ सभापति जनक थापा,रुद्रेश्वर महादेव मन्दिर संरक्षणउप समितिका अध्यक्ष गोपाल खड्का लगायत सरोकारवाला हरु सहित स्थानीयको उपस्थिति रहेको  कार्यक्रम  संचालन वडा सदस्य ज्ञानु थापाले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा वडा सदस्य राजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रमका प्रमुख अतिथि  बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सो भवनको रिबन काटी  उद्घाटन गरेका हुन ।करिब १ करोड १७ लाख६१ हजार ९ सय रुपैयाको लागतमा बाहिरि संरचना सहित  तीन तले उक्त भवन बनेको रुद्रेश्वर महादेव मन्दिर संरक्षण उप समितिको सचिब निशा बरालले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल उप प्रमुख रमदेबी राइ,बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई,  नेकपा एमाले काठमाडौं जिल्ला सदस्य बिदुर बिक्रम खड्का लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र खड्काले धन्यबाद ज्ञापन गरेका थिए ।कार्यक्रममा वडाले गरेका विकास निर्माणका कामहरु समेटिएको वडाका गतिबिधि पुस्तिका लोकार्पण समेत गरिएको थियो ।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका