जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल बैंकका कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता

नेपाल बैंकका कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो ।

नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो ।

त्यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए ।  कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?