जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कामना सेवाद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

कामना सेवाद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थीहरुलाई १३ थान ट्रयाक सुट वितरण गरेको छ ।

एक कार्यक्रम विच विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ ट्रयाक सुट वितरण गरिएको कुश्मा शाखाका प्रवन्धक तथा धौलागीरी कलस्टर ईन्चार्ज टंकनाथ लामिछानेले बताए । शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्त्रण गरिएको हो ।

विद्यालयका प्र.अ. टेकनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेल तथा संचालन कुश्मा शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमिल्सीना गरेको थियो । कार्यक्रममा नगर शिक्षक संगठनका अध्यक्ष भिमराज सापकोटा तथा शिक्षकहरु ले मन्तब्य रोखेका थिए ।

बैक ले गरेको सामाजिक कार्यको प्रशसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने प्रअ अधिकारीले बताए । सोही कार्यक्रममा बैकले प्रदानगर्ने सेवा सुवीधा को वारेमा जानाकारी साथै वैकले समाजमा गरेको सहयोगको चर्चा गरीएको थियो ।

धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामीछानेले बताए । हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ धौलागिरी क्षेत्र अन्तर्गत वाग्लुङ्ग वजारमा निकट भविश्यमानै शाखा खोल्ने तयारी रहेकोसमेत खुलाए ।

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका