जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • साना किसानले २७.२५% बोनस शेयर दिने

साना किसानले २७.२५% बोनस शेयर दिने

साना किसान विकास लघुबित्त वित्तीय संस्थाले ६ वर्ष यताकै बढी लाभांश प्रस्ताव गरेको छ । उसले चालु आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई २८.६८ प्रतिशत लाभांश दिने भएको छ । जसमा शेयरधनीले २७.२५ प्रतिशत बोनस शेयर पाउने भएका छन् भने उक्त बोनसको कर प्रयोजन कोलागि छुट्टै १.४३ प्रतिशत नगद लाभांश दिने भएको छ । उसले घोषणा गरेको लाभांश ६ वर्ष यताकै उच्च हो ।

गत वर्ष संस्थाले २६.३१ प्रतिशत लाभांश दिएको थियो । विगत पाँच वर्षमा उसको लाभांश दर करिब २७ प्रतिशत रहेको थियो । उसले आर्थिक वर्ष २०७०/७१ मा मात्रै १५.७८ प्रतिशत लाभांश दिएको थियो ।

उसको गत वर्षको चौमासिक वित्तीय विवरण अनुसार हाल चुक्ता पुँजी ७६ करोड ६० लाख रुपैयाँ रहेको छ । गत वर्ष संस्थाले ४९ करोड रुपैयाँ नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी ६२ रुपैयाँ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।

6620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका